Logo

मुख्य समाचार

जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले ओलीको शासनबाट मुक्ति पाए : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् । पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् । 

देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट मुक्ति पाएको बताएका छन् ।  ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले ओलीको शासनबाट मुक्ति पाए ।’, उनले उनले भने, ‘मलाई एक पल्ट जिताइदिनुस् ।’ उनले आफूलाई पार्टी सभापतिमा जिताउन आग्रह गर्दै कार्यकर्तालाई भने, ‘आउँदो सरकार काँग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ 

पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट कुनै किसिमको मनमुटाव राख्न नहुने पनि बताउदै उनले भने, ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १ : ५८ बजे