Logo

मुख्य समाचार

‘तेस्रो पटक ल्याएको संसदीय व्यवस्था अप्ठ्यारोमा परेको छ’: सीपी मैनाली



काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले तेस्रो पटक लडेर ल्याएको संसदीय व्यवस्था खतरामा परेको बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै मैनालीले संसदीय व्यवस्था खतरामा पुगेको भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने बेला आएको उनको भनाई रहेको थियो ।

‘पटक पटक ल्याएका संसदीय व्यवस्था दुर्घटनामा परिरहेको छ । संसदमा सयौँ विधेयकहरु छन् । रातमा संसद विघटन गरेर अध्यादेशबाट देश चलाइन्छ । न्यायपालिकासँग भागभण्डा गरेर देश चलिरहेको छ । यो व्यवस्था तेस्रो पटक ल्याएको अप्ठेरोमा परेको छ । भ्रष्टाचार बढेको छ । खर्च बढेको छ’, उनले भने ।

यस्तै, मैनालीले देशभित्र बाह्य हस्तक्षेप पनि बढ्दै गएको र यसमा कसैको ध्यान जान नसकेको भन्दै किन ध्यान जान सकेन भन्दै प्रश्न पनि गरेका छन् । ‘बाह्य हस्तक्षेपमा हाम्रो ध्यान किन नगएको हो ? हामी त्यसले गर्दा अप्ठयारो अवस्थामा छौँ’, उनले भने ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १२ : ०२ बजे