Logo

मुख्य समाचार

मिडियालाई मर्यादित बनाउन आवश्यक छ : मन्त्री गुरुङ



काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि मिडिया काउन्सिल विधेयक, २०८० माथि गहन छलफल हुनुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री गुरुङले मिडिया मर्यादित नभए समाजमा नकारात्मक प्रभाव पार्ने बताए ।

उनले भने, ‘मिडिया काउन्सिल विधेयक ल्याउँदा प्रयाप्त छलफल हुनुपर्दछ । प्रेसलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि गहन छलफल गर्न आवश्यक छ । प्रेस स्वतन्त्र मात्र भयो तर मर्यादित भएन भने समाजमा ठुलो नकारात्मक असर पर्न सक्छ । प्रेस स्वतन्त्र पनि हुनुपर्यो, मर्यादित पनि हुनुपर्यो ।’

उनले विधेयकलाई समयमा नै टुंग्याउनुपर्ने भन्दै तीव्र रुपमा छलफल अगाडि बढाउन पनि आग्रह गरेका छन् ।

त्यस्तै, बैठकमा प्रेस स्वतन्त्रता कायम गरि काउन्सिललाई नियामक निकायको रुपमा राख्नु पर्ने सांसदहरुको जोड थियो ।

‘मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रमाथि प्रहार गरेको भन्ने समितिमा आउने अधिकांश अथितिहरुले कुरा उठाउनुभएको छ । संविधानले व्यवस्था गरेअनुसार विधेयक आएको छ कि छैन ? यसका विषयमा कसरी छलफल गरेर अघि बढ्ने यस विषयमा गम्भिर भएर छलफल गरौं ’ सांसद कृष्ण प्रशाद भट्टराईको भनाइ थियो । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : २१ बजे