Logo

मुख्य समाचार

डेढ लाख रुपैयाँ घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख पचास हजार घुससहित नियन्त्रणमा  लिएको  हो ।

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।

उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको  अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १२ : ०० बजे