Logo

मुख्य समाचार

बेचन झालाई पक्राउ गर्दा सरकार ढल्यो भन्ने गलत भाष्य नबनाउन गृहमन्त्रीसँग शाहीको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमनमन्त्रीको विश्वासको मतको छलफलमा भाग लिँदै जातजातिका नाममा नभड्काउन आग्रह गरे ।

उनले जातजातिलाई अधिकार भने दिनुपर्ने बताए । सांसद शाहीले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद्मा एउटा दलितमन्त्री बनाउनुभयो भन्दै प्रश्न गरे ।

“रुकुम पश्चिमको नवराज विकको हत्या राजाको पालमा भएको हो ? यही गणतन्त्रमा माओवादी सरकारमा भएकै बेला भएको हो । हामीले जातजातिमा टुक्रयाएर देशमा राजनीति गर्नु छैन,” उनले भने, “बरु राजनीतिबाट सन्यास लिनुपर्छ ।”

उनले गृहमन्त्री रवि लामिछानेलाई आफूले सहयोग गरेको भन्दै जीबी राईलाई पक्राउ गर्न आग्रह गरे । उनले बेचन झालाई पक्राउ गरी सरकार ढलेको भनि गलत भाष्य नबनाउन आग्रह गरे ।

“बेचन झा, बेचन झा के ब्रान्डिङ गरेको हो ? पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीभन्दा उनी ठूला हुन् ?,” उनले प्रश्न गरे, “उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने वेचन पक्राउ गर्दा सरकार ढल्ने भन्ने हुन्छ ? बरु ठूला नेताहरूको कुर्सीको स्वार्थ नमिलेका कारण सरकार ढल्यो भने भइहाल्यो ।”

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : २५ बजे