Logo

मुख्य समाचार

नापी कार्यालय लगनखेलका सर्वेक्षक यादव घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । 

अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्वेक्षक संजिव कुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक राम बाबु भुजेललाई नियन्त्रणमा लिएको हो ।

जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले यादव र भुजेललाई नियन्त्रणमा लिएको हो ।

जग्गा हालसाबिक गरी पूर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो । उनीहरूलाई घुस रकमसहित ललितपुर महानगरपालिका–१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ३८ बजे