Logo

समाचार

डीपी अर्यालले पार्टीको पैसा खल्तीमा राख्नुभयो : मुकुल ढकाल



काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।

उनले भने, ‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’, उनले भने, ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।’

ढकालले रवि लामिछानेको क्लवबाट मुक्त गर्दै पार्टी बनाउन सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ४ : ११ बजे