Logo

मुख्य समाचार

बालकोटमा १२ वर्षीया बालिका बलात्कृत, १७ वर्षीय किशोर पक्राउ



काठमाडौं । भक्तपुरस्थित बालकोटमा एक १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कारको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

किशोरले बालिकालाई रातोपुलमा रहेको गहुँबारीमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

बालिका साथिहरुसँग खेलेर घरतर्फ फर्कने क्रममा किशोरले फकाएर गहुँ बारीमा लगेको बलात्कार गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : २० बजे