Logo

समाचार

महिला समूहलाई १२ हजार सुन्तलाका बिरुवा



दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ ।

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् व्यवस्थापनमा मेलुङ गाउँपालिका-१ विभिन्न महिला समूहका महिलालाई सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।

सो वडाका १९ वटा महिला समूहलाई १२ हजार भन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको उनले बताए । यसले महिलालाई आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने थोकरले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : २६ बजे