Logo

मुख्य समाचार

विद्रोहको पूर्ण रुपमा अनुमोदन भयो : नेता खतिवडा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जगन्ननाथ खतिवडाले विद्रोहको पूर्ण रुपमा अनुमोदन भएको निष्कर्ष पार्टीले निकालेको बताएका छन् । शनिबार दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिको प्रथम बैठकको निर्णयहरु सार्वजनिक गर्दै उनले पार्टीमाथी भएका प्रहारहरुलाई चिर्दै, राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको भन्दै विद्रोहको पूर्ण रुपमा अनुमोदन भएको बताए ।

उनले भने, ‘महाधिवेशनको समिक्षा गर्दै सबै कार्यक्रमहरु प्रभावकारी रहेको, सर्वसम्मत नेतृत्व चयन गरिएको कारणले आम कार्यकर्ताहरुमा व्यापक उत्साह वृद्धि भएका छन् । आजसम्म हामी माथी भएका अनेकौ प्रहारहरुलाई चिर्दै, राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नाले हामीले गरेको विद्रोहको पूर्ण रुपमा अनुमोदन भएको निष्कर्ष निकालेका छौ ।’

यसका साथै कमिटिले पूर्णता प्राप्त नगरेको र पदाधिकारीहरु पूर्ण रुपमा चयन नभएको हुनाले तत्कालिन अवस्थामा अति आवश्यक कामहरु सम्पन्न गर्नका लागि विगतमा जिम्मेवारी दिएका सदस्यहरुलाई नै जिम्मेवारी प्रवाह गर्नेगरि अन्तरिम व्यवस्था गरिएको बताए ।

उनले भने, ‘कमिटिले पूर्णता प्राप्त नगरेको, पदाधिकारीहरु पूर्ण रुपमा चयन पनि नभएको अवस्थामा तत्कालिन अवस्थामा अतिआवश्यक कार्यालयका कामहरु सम्पन्न गर्नका लागि विगतमा जुन जुन सदस्यहरुलाई जेजस्तो जिम्मेवारी दिने गरिएको थियो, त्यही जिम्मेवारी प्रवाह गर्ने गरि अन्तरिम व्यवस्था गरिएको छ ।’

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : ३७ बजे