Logo

Breaking News 1

मुख्यमन्त्री सतिशकुमार सिंहले पाए विश्वासको मत



काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । आज बसेको मधेस प्रदेशसभाबाट उनले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित १०१ मध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिए भने विपक्षमा ३४ मत परेको थियो ।

मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस र नेकपा (एमाले)का प्रदेशसभा सदस्यले मत दिएका थिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : १८ बजे