Logo

अर्थ

दोलखाको जिरी नगरपालिकाको बजेट ५५ करोड



रामेछाप । दोलखाको जिरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले ५५ करोड ९ लाखको बजेट सार्वजनिक गरेको छ ।

नगपालिकाले सोमबार आर्थिक वर्ष २०८१÷०८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगरप्रमुख मित्रबहादुर जिरेलले नीति तथा कार्यक्रम र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले बजेट सार्वजनिक गरे ।

आगमी आर्थिक वर्षको लागि प्रस्तुत् गरिएको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा २ करोड ६६ लाख ५ हजार रुपैयाँले बढी हो ।

नगरपालिकाले पूँजीगततर्फ १८ करोड ३५ लाख अर्थात् ३३ दशमलव ३० प्रतिशत र चालुतर्फ ३६ करोड ७४ लाख ८८ हजार अर्थात् ६६ दशमलव ७० प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ११ : ०४ बजे