Logo

अर्थ

विदेशी मुद्राको आजका लागि यस्ताे छ भाउ



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज २०८१ साल असार १० गते सोमबार सन् २०२४ जुन २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको हाे ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : ०७ बजे