Logo

Breaking News 1

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो ।

बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ९ : ०८ बजे