Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ असार ७ गते, शुक्रबार २१ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि, ६ः५३ बजेदेखि पूर्णिमा । ज्येष्ठा नक्षत्र, १८ः३५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः३५ बजेपछि धनु ।

मेष
सानोतिनो समस्याले अल्झाए पनि लाभांश हातपार्न सकिनेछ। तर केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

वृष
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ।

मिथुन
आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ।

कर्कट
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले सामाजिक उपलब्धि प्राप्त गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो काम थालनी हुनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ।

सिंह
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ।

कन्या
विभिन्न अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नेछ। साथीभाइको सहयोग जुट्नेछ भने अवसरले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्।

तुला
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन कम उपलब्धि प्राप्त हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला।

वृश्चिक
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ।

धनु
आकस्मिक कामले खर्च बढाउन सक्छ। शरीरमा थकान महसुस हुनेछ। आफन्त र परिवारजनबाट टाढा भइने समय छ। बाध्यतावश विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। समस्यामा साथ दिने थोरै भेटिनेछन्।

मकर
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामको जग बसाउन सकिनेछ।

कुम्भ
पहिले रोकिएको काम बन्नाले उत्साहित भइनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।

मीन
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ५ : ४९ बजे