Logo

Breaking News 1

कारसँग ठोक्किँदा बस त्रिशूली नदी किनारमा खस्याे, २० जना घाइते, पाँचजनाको अवस्था गम्भीर


३२ जेष्ठ २०८१, शुक्रबार  

92
Shares

काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान दुई सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको वाग्मती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको जनाइएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ यात्री सवार थिए । बसका सबै यात्रीको अवस्था सामान्य छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ९ : १३ बजे