Logo

Breaking News 1

आईसीसी टी-ट्वान्टी विश्वकप : सुपर ओभरमा पाकिस्तानलाई अमेरिकाले हरायाे


२५ जेष्ठ २०८१, शुक्रबार  

92
Shares

काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अमेरिकाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राति अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको हो ।

सुपर ओभरमा अमेरिकाले १८ रन बनायो भने पाकिस्तानले १३ रन मात्र बनाउन सफल भयो । जितसँगै अमेरिका समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । 

आयोजक अमेरिकाले टी-ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको थियो । पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हराएको थियो ।

पाकिस्तानलाई सुपर ओभरमा खेल जीत्न १९ रन आवश्यक थियो । सौरभ नेत्रवालकरले १३ रन खर्चिँदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए ।

यसअघि १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाएर १५९ रन बनापछि खेल सुपर ओभरमा गएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ६ : ५२ बजे