Logo

मुख्य समाचार

ललितपुरमा ‘घर घरमा नगर प्रहरी’ अभियान शुभारम्भ



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगरवासीको गुनासो, सुझाव र समस्या तत्काल सुनुवाइ गर्नका लागि ‘घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गरेका छन् ।

विहीबार ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ परिचालन कार्यक्रमको सुरुवात गर्दै उनले नगरवासीको सुनुवाई गरी सो अनुसारको सेवा प्रवाह गर्नको लागि ललितपुर महानगरपालिकाले कार्यक्रम ल्याएको बताए ।

उनले भने, ‘यो कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा यसबाट मेयर मात्र होइन वडा अध्यक्ष, सदस्यहरुलाई अभियानले धेरै नै सहयोग प्राप्त हुनेछ भन्ने आश गरेको छु । यो कार्यक्रम भव्यताकासाथ सफल हुन्छ । यसले नगरपालिका र नगरबासीको बीचमा सेतुको काम गर्नेछ । यसबाट दुइपक्षीय संवाद् हुन्छ । नगरबासीहरुको सुख, दुख र पीर आदिको बारेमा महानगरपालिका र जनप्रतिनिधिहरु सुचित हुने मौका पाउनेछ ।’

यसको साथै उनले अभियानको बारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिंदै अभियानले सेवा चुस्त र दुरुस्त हुने बताए । 

उनले भने, ‘यसबारेमा नेपाल सरकारका सुरक्षा निकायहरुसँग पनि हामी समन्वय गरेर हामी अगाडि बढ्छौ । जसले गर्दा हाम्रो सेवा चुस्त र दुरुस्त हुने नै छ ।’

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : ३१ बजे