Logo

मुख्य समाचार

संसदीय समितिले रवि लामिछानेदेखि महान्यायाधिवक्ता र आईजीपीसँग बयान लिन्छ : गगन थापा



काठमाडौं । सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले सुझाव दिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानविनको दायराबाट बाहिर नरहेको बताए ।

महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : १३ बजे