Logo

मुख्य समाचार

आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन रास्वपाकाे सुझाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएका छन् ।

आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यो नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको समेत उल्लेख गरे ।

उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे ।

उनले कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ समेत भनेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १ : १३ बजे