Logo

अर्थ

सुनको मूल्य ताेलामा १२ सयले घट्याे, कतिमा हँदै छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

हिजाे छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ५५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १० : ५८ बजे