सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–४ खार्वनमा चार दिनदेखि हराइरहेकी महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेकी हुन् । परिवारले गणेशी असोज १५ गते बेलुका घरबाटै हराएको भनेर बताउँदै आएको थियो । चार दिनसम्म सम्पर्कमा नआएपछि गाउँलेले उनको खोजी थालेका थिए…