काठमाडौं । अफगानिस्तानको बामियान प्रान्तमा गोलीबारी हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार भएको गोलीबारीबाट तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो । त्यहाँको आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे…