हैदराबाद । आन्ध्र प्रदेशको कुर्नुल जिल्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु जाँदै गरेको यात्रुबाहक बसलाई मोटरसाइकलले पछाडिबाट ठोक्किँदा आगलागी भएको भारतीय प्रहरीले जनाएको छ। बसमा ४४ जना यात्रु सवार रहेका थिए। दुर्घटनापछि केही यात्रु झ्याल फुटाएर भाग्न सफल भए पनि अधिकांश यात्रुको जलेर मृत्यु…