सिड्नी । अष्ट्रेलियाको लेबर पार्टीले संसदमा बहुमत प्राप्त गरेको निर्वाचन विश्लेषकहरूले बताएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको लेबरले २१ मेमा भएको चुनावमा स्कट मोरिसनको कन्जरभेटिभ गठबन्धनलाई पराजित गरेको थियो । स्वतन्त्र र साना दलहरूको अप्रत्यासित सिटले अल्बानिजलाई बहुमत पुर्याउन हम्मे देखिएको थियो । झन्डै एक तिहाई अस्ट्रेलियालीले मुख्य राजनीतिक दलबाहेकका पार्टीलाई मतदान गरेका…