न्युयोर्क । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट अन्त्य गर्न निर्णायक अन्तर्राष्ट्रिय पहल गर्न पनि ती संस्थाहरुले आग्रह गरेका छन् । ‘७५ देशका संस्थाहरूले एक खुल्ला पत्रमा हस्ताक्षर गरेका छन् जसमा भोकमरीको स्तर बढ्दै गएको…