काठमाडौं । न्युयोर्कमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । बफेलो सहरमा भएको सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई पक्राउ गरिएको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन । गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउँसो प्रवेश गरेका थिए । एफबीआईले सोे गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ । पछिल्लो गोलीकाण्डलाई जातीय…