काठमाडौं। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियाको स्क्यामिङ केन्द्रबाट उद्धार गरिएका २१ नेपालीलाई स्वदेश फर्काएको छ।दूतावासका अनुसार, कम्बोडियाको सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल पठाइएको हो।उद्धार गरिएका नेपालीहरू विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न गरिएका थिए। दूतावासले कम्बोडियामा अवैध…