काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन रुसी हमलामा परेको युक्रेनको भ्रमण गर्ने योजना गरिरहेका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनविरुद्ध युक्रेनको समर्थन जनाउन प्रधानमन्त्री जोनसनले युक्रेन भ्रमणको योजना गरेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको राजधानी किभको यात्राको व्यावहारिकता र मूल्य जाँच गर्न अधिकारीहरुलाई अनुरोध गरेका छन् । सुरक्षा अधिकारीहरूले प्रधानमन्त्रीको युद्धक्षेत्रमा…