काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुगेका छन् । सम्मेलनको क्रममा उनले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नेछन् । सो अवसरमा अमेरिकाले युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा भेट्ने र त्यसपछि संयुक्त पत्रकार…