नयाँदिल्ली । क्रिस्चियन महिलासँग बोलेको भन्दै एक भारतीय मुस्लिम युवकमाथि कुटपिट भएको छ । दक्षिण भारतको कर्नाटकको मेंगलुरुमा मुस्लिम युवकमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न चार जनालाई गिरफ्तार गरिए पछि यो घटना बाहिर आएको हो । बिविसिका अनुसार गत मंगलवार ती मुस्लिम युवकमाथि कर्नाटकको बेलतांगडीमा कुटपिट भए पछि प्रहरीले कुटपिटमा संलग्नहरुको खोजी गरेको थियो…