पेरिस । विवादास्पद पत्रिका चार्ली हेब्दोले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई चित्रण गर्ने कार्टुन प्रकाशित गरेपछि इरानले फ्रान्सलाई चेतावनी दिएको छ । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले ट्वीटरमा फ्रान्सलाई निर्णायक जवाफ दिने चेतावनी दिएका छन् । ‘धार्मिक र राजनीतिक अख्तियारविरुद्ध कार्टुन प्रकाशित गर्ने फ्रान्सेली प्रकाशनको अपमानजनक र अशोभनीय कार्य प्रभावकारी र निर्णायक प्रतिक्रिया बिना जानेछैन’,…