रियो दि जेनेरियो । ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा ट्रक चालक र अन्य प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार सम्पन्न निर्वाचनमा पराजय चाखेका बोल्सोनारोको समर्थकहरुले लगातार दोस्रो दिन मंगलबार राजमार्ग अवरुद्ध गरेका हुन् । निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा विजयी भएका छन् । अर्कोतर्फ बोल्सोनारोले आफ्नो पराजय स्वीकार गरेका छैनन् ।…