काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबले नेपाल पछिल्लो समय क्रिकेटमा उदाउँदै गइरहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् । उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान, आस्था स्थापित गर्न सफल…