Logo

वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि खिम्ति युनाइटेड समाजलाई

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा आयोजना गरिएको वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक खिम्ति युनाइटेड समाज खिम्तिले जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा खिम्ति युनाइटेडले पशुपति युवा क्लब खिम्तिलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो खेलमा खिम्ति युनाइटेडले २५–२२ को खेल खेलेको थियो भने दोस्रो खेलमा २५–१६ ले गेम जितेको थियो…