Logo

एनपीएलः चितवन ,लुम्बिनी, र कर्णाली ,पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले  खाता खोल्न सकेको छैन।…