काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् । दुवै खेल सेप्टेम्बर ६ र ९ (शनिबार र मंगलबार)मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरू हुने एन्फाले जनाएको छ । फिफा इन्टरनेशनल विन्डो अन्तर्गत आयोजना हुने यी खेलहरूको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले…