सर्लाही । ट्राइब्रेकरमा गोल किपर चम्किदा सुदूरपश्चिम–११ सर्लाहीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम–११ ले ट्राइब्रेकरमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । खेल अवधिभर दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो…