काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गतको खेलमा जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई १६० रनको लक्ष्य दिएको छ । शुक्रबार बिहान १७ ओभरमा घटाएर त्रिवि क्रिकेट मैदानमा खेलाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेष्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा…