Logo

वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु

काठमाडाैं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो ।