काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ब्राइटन र टोटनह्याम भिड्दै छन् । एक्सप्रेस कम्युनिटी स्टेडियममा खेलाइने खेल नेपाली समयअनुसार राति सवा १ बज सुरु हुनेछ । टोटनह्याम अहिले प्रिमियर लिग तालिकाको पाँचौं स्थानमा रहँदा ब्राइटन नवौं स्थानमा रहेको छ । ब्राइटनले पछिल्ला खेलहरुमा जित निकाल्न सकेको छैन भने टोटनह्यामले लगातार जित निकाल्दै आएको छ…