Logo

इटहरी गोल्डकप चैत १० देखि, एपीएफ र सगरमाथाबीच पहिलो खेल

विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ ।…