Logo

खेलकुद

अन्तर कलेज फुटसल वैशाख २२ देखि



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वैशाख २२ देखि जेठ ५ गतेसम्म ‘अन्तर कलेज फुटसल च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका सबै खेल लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

प्रतियोगितामा शिल्ड, प्रमाणपत्रसँगै विजेतालाई नगद पाँच लाख र उपविजेता टिमलाई नगद तीन लाख रुपैयाँ पुरस्कार छ । सबैभन्दा मूल्यवान् खेलाडीलाई नगद ५० हजार, उत्कृष्ट गोलकिपर र उच्चतम स्कोररलाई समान २५÷२५ हजार रुपैयाँ छ ।

प्रतियोगितामा ११ र १२ कक्षासँगै स्नातक तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा कलेजले सहभागिता जनाएका छन् । सहभागी टिमहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाइने जनाइएको छ । प्रतियोगिताको अनुमानित कुल बजेट ३० लाख रुपैयाँ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : ०४ बजे