काठमाडौं । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ । उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध्यक्ष क्षितिज थेबेले नेपालको खेलकुद जगतको विकास र खेलाडीहरुको पलायनको अन्त्यका लागि…