काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । चेल्सीले शनिबार भएको खेलमा फुलह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीले निर्णायक गोल गर्न भने पेनाल्टीको सहारा लिनु परेको थियो । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा फुलह्यामका डिफेन्डर इसा लेई डिओपलले डी बक्सभित्र चेल्सीका रहिम स्टर्लिङलाई फल गरेपछि पेनाल्टी पाएको थियो ।…