काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबारराति भएको खेलमा म्यानचेस्टर युनाइटेडमाथि १–० गोल अन्तरले जित दर्ता गर्दै तालिकामा ३ अंक थपेपछि शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडको मैदान वल्ड ट्राफोर्डमा पाहुना टोली आर्सनललाई जिताउन एकमात्र गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए । काई हार्भेर्ट्जको सहयोगमा उनले गोल गरेका थिए…