काठमाडौं । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल) अन्तर्गतको खेलमा तुलसीपुर रोयल्सले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गरेको छ । बुधबार तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो । पुरनधाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान…