काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उदघाटन गरेका छन् । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासंघको संयुक्त आयोजना सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रतियोगितामा देशभरका २५० जनाको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाटन गर्दै उनले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर…