हेटौंडा । साबिक विजेता न्यू डाँफे क्लबलाई हराउँदै मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लब हेटौंडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वार्टरफाइनल खेलमा न्यू डाँफेलाई ३–१ गोल अन्तरले हराउँदै हाँडीखोला युथ क्लब सेमिफाइनल पुगेको हो । पहिलो हाफमा १–० ले पछि परेको…