काठमाडौं । घरेलु टिम नेपालविरुद्ध ४–१ को सहज जित निकाल्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल ४-१ गोलले पराजित भएको हो । बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नाेभाले एक गोल गरे । यता नेपालका लागि समीर तामाङले गरेकाे गाेल सान्त्वना बन्याे…